२०७९ आश्विन २१
  • काठमाडौँ

कुलमानलाई भेटेर ज्ञानेन्द्र शाहीले भने, ‘भारतमा विद्युत बेच्नुअघि कर्णालीका अँध्यारा वस्तीमा पुर्‍याइयोस्’

कुलमानलाई भेटेर ज्ञानेन्द्र शाहीले भने, ‘भारतमा विद्युत बेच्नुअघि कर्णालीका अँध्यारा वस्तीमा पुर्‍याइयोस्’

काठमाडौं । भ्रष्टाचार वि,,रुद्धका अभियान्ता ज्ञानेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कर्णालीमा पूर्ण रुपमा विद्युतको पहुँच पुर्‍¥याउन अनुरोध गरेका छन् ।

बुधबार दिउँसो उनी प्राधिकरणमै पुगेर कर्णालीमा अहिले पनि दियालो र टुकीकै भरमा रात काट्नुपर्ने बाध्यतालाई घिसिङका तर्फबाट पहल हुनुपर्ने आग्रह गरे ।

कर्णालीमा गाउँमा विद्युत नहुँदा भएका स-मस्याबारे जानकारी गराउँदै उनले विदेश बेच्ने निर्णय हुनुअघि भएको विद्युत देशभित्रकै दूरदराजमा पु¥र्‍याउनुपर्ने माग राखेका हुन् ।

हाम्रो नेपाल, हामी नेपाली’ अभियानका तर्फबाट गएका शाहीले कुलमानसँगको भेटमा भने, ‘विद्युत खेर जाने भने भनेर राजधानीमा चिन्ता हुँदैछ । तर, कर्णालीका गाउँ अझै अँध्यारै छन् ।

भारतमा बच्ने हारगुहार गर्नुअघि कर्णालीका दुर्गममा विजुली पु¥र्‍याइयोस ।’ साविक कर्णालीका कालिकोट र जुम्ला सदरमुकामसम्म राष्ट्रिय प्रशारण लाइन पुगेको केही महिना मात्रै भएको छ ।

तर, अझै पूर्ण रुपमा लाइन विस्तार भइनसकेकाले त्यही विद्युत पनि अनियमित हुने गरेको छ ।गाउँमा भने अझै पनि टुकी र दियालोकै भरमा रात काट्न बाध्य छन् कर्णालीबासी ।

उनले कुलमान नेतृत्वमा आउँदा सबैले भरोसा गरेका कारण पनि कर्णालीका दूरदराजमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तारमा ध्यान दिन आग्रह गरे ।उनले विद्युत विस्तारका लागि मागसहित ज्ञापनपत्र पनि बुझाएका छन् ।

कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लाहरू जुम्ला, हुम्ला, कालिकोट, मुगु, वाजुरा, बझाङ, दार्चुला र बैतडीका दुर्ग:म वस्तीहरू अझै पनी अँ”ध्यारोमै छन्’

उनले भने, ‘देशमा ठूल्ठुला विद्युत परियोजना बन्नसक्ने क्षमता भएको कर्णालीमै विद्युत पर्याप्त मात्रामा पुर्‍याइएको छैन ।उनले कुलमानसँगको भेटमा लोडसेडिङ अन्त्यको प्रशंसा बटुलिरहँदा कर्णालीका अँध्या:रा बस्तीहरुले गिज्याइरहेको स्मरण पनि गराए

शाहीको गुनासोपछि कुलमान घिसिङले पनि कर्णालीको अवस्थाबारे आफू चिन्तित भएको बताएका छन् । लाइन विस्तारका कामहरु भइरहेकाले केही समयमै कर्णालीका सबै वस्तीमा रा”ष्ट्रिय प्रशा”रणको पहुँच पुग्ने दावी गरे ।

२०७८ मंसिर १६, बिहीबार ०३:५१ 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।