२०७९ असार १४
  • काठमाडौँ

म रकेटको स्पीडमा छु, कर्मचारी थोत्रा ट्वीनटर जस्ता छन् : मन्त्री आले

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचा री प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताए का हुन् ।

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसन ले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगति मा काम गरिरहेको

भएपनि कर्मचारी संयन्त्र को गति सुस्त भएको गुनासो गरेका हुन् । पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए । पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का

मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको उनले गुनासो गरे । मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ ।

अनि अघिल्लो वर्ष जसले पाएको हो,त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७–८ करोडमा सकिने काम पूरै १५ करो ड लाग्ने हुन्छ । यसो हुँदा राज्यलाई घाटा हुन्छ । म कर्मचारी लाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,

तर मेरा कर्मचारी साथीहरु यो वा त्यो भन्छन् । म रकेटको स्पीडमा काम गर्न खोज्दैछु,मेरा कर्मचारी साथीहरु थोत्रा ट्वीनट रजस्ता छन् । अनि अलि बढी स्पिड बढाउँ न त भन्यो भने यो मन्त्रीले दुःख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।’नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोह ण गर्दा

त्यसको राजश्व सरकारले लि ने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए ।सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।

साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।पर्यटनमन्त्री आले यस अघि वनमन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्र ति

उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बर को गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्य क्ति दिएका थिए त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिस ले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रम ण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए ।

जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए । कोभिड १९ का कारण पर्वतीय पर्यटन क्षेत्रका मजदुरलाई आर्थि क समस्या परेको भन्दै नेपाल पर्वतारोहण संघको आग्रहमा जापानको निप्पोन फाउण्डेसनले २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

त्यसमा नेपाल पर्वतारोहण संघले पनि केही रकम थप गरी ३ हजार पर्वतीय प र्यटनका मजदुरलाई वितरण गर्ने भएको छ ।नेपाल पर्वतारोहणसंघका महासचिव कुल बहादुर गुरुङका अनु सार करिब ११ हजार पर्वतीय पर्यटन मजदुरमध्ये अत्यावश्यक भएका तीन हजार मजदुरलाई प्रतिव्यक्ति ५० अमेरिकी

डलर बराबरको सहयो ग गर्न लागिएको हो । त्यसका लागि महिला,एकल महिला, हिमाल आरोहणका क्रममा अङ्गभङ्ग भएका,हिमाल चढ्दा चढ्दै बुढो भएका र २०१९ बाट कुनै पनि हिमाल आरोहण गर्न नपाएका मजदुरहरुलाई प्राथमिकताका आधारमा उक्त सहयोग वितरण गरिने छ ।रातोपाटिबाट

२०७८ मंसिर १६, बिहीबार ००:२८ 0 Minutes 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार