२०७९ असार १४
  • काठमाडौँ

राष्ट्रिय स्वभिमानका लागि राजाले खेलेको भूमिका अहम : प्रचण्ड

काठमाडौं : नेकपा मा’ओ’वा’दी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वभिमानका लागि राजा महाराजधिराजले खेलेको विगतको भूमिकाको प्रशंसा गरेका छन् ।

राप्रपाको काठमाडौंमा जारी अधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल राष्ट्रलाई स्वाभिमान र अखण्डताका लागि हिजो महाराजाधिराजलगायतले गरेको त्या’ग तपस्याको गर्व गर्नुपर्छ । तर, आज यो फेरिएको छ । हामी २१ औं शताब्दीमा छौं । इतिहासलाई गर्व गर्दैमा वर्तमानलाई बिर्सिनु हुँदैन।’

उनले भने, ‘ तपाईहरुसँग मत विचार दर्शन त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी तर, म तपाईहरुजस्तै राष्ट्रवादी,’ उनले भने,‘राजनीतिक अ’रा’ज’कता पैदा नहोस् भन्नका लागि संविधान बनाउन तपाईहरुले मद्दत गर्नुभयो । त्यस अर्थमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ।’

२०७८ मंसिर १५, बुधबार १४:५० 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार