
काठमाडौं। न्यायको लागि धेरै ढिलाइ भयो तैपनि अन्ततः केभिनले न्याय पाए । अमेरिकाको मिसौरीको जेलमा बिना अ’प’रा’ध दो’षी भनेर कैदमा राखिएका केभिन स्ट्रिकल्याण्ड कत हप्ता रिहा भए । उनलाई तीन जनाको ह’त्याको आरोपमा दो’षी ठ’ह’र गरेर जेलमा हालिएको थियो तर यी ह’त्या उनले गरेकै थिएनन् । बिना अ’प’रा’ध उनले ४३ वर्ष जेलमा बिताउनुपर्यो ।
अब उनी रिहा भएपछि उनलाई नचिनेका तर सहयोगी मन भएका व्यक्तिहरुले उनलाई सहयोग गर्नको लागि अभियान चलाए । केभिनले यो समाजमा फेरि सम्मानपूर्वका आफ्नो जीवन बिताउन पाउन् भनेर यी सहयोगीहरुले अनलाइन चन्दा संकलन अभियान चलाए । यो अभियानले सफलता पनि पायो । यो समाचार तयार पार्दासम्म २८ हजार ४ सयभन्दा धेरै मानिसहरुले उनको लागि १.५८ मिलियनभन्दा धेरै (करिब १९ करोड रुपैयाँ) जुटाइसकेका छन् ।
द गार्डियनका अनुसार मिसौरीको अपिल अदालतले गत हप्ता केभिनलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले स्ट्रिकल्याण्डलदाई दोषी ठहर गर्नको लागि प्रमाण पर्याप्त नभएको भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो । फैसला बदलियो, केभिन निर्दोष ठहरिए तर सरकारले उनलाई क्षतिपूर्ति दिने छैन । किनकि त्यहाँको कानुनअनुसार राज्यले गलत फैसलाका कारण कैदमा बसेका ती व्यक्तिहरुलाई मात्रै क्षतिपूर्ति दिन्छ जसलाई डिएनए प्रमाणका आधारमा दोषमुक्त गरिन्छ ।
केभिनका अनुसार १९७८ मा भएका ती हत्यासँग उनको कुनै लिनुदिनु थिएन । घटनाका बेला उनी घरमै टिभी हेरिरहेका थिए । गोलीबारीमा बचेकी मुख्य विटनेरले कैयौं वर्ष आफ्नो बयान टार्ने कोसिस गरिन् । उनका अनुसार पुलिसले उनलाई दबाब दिइरहेको थियो । केभिनले रिहा भएपनि आफू ईश्वरप्रति आभारी भएको बताएका छन् ।
केभिन रिहा भएपछि उनलाई फेरि यो समाजमा सम्मानपूर्वक बाँच्नको लागि केही पैसा जम्मा गरिदिने उद्देश्यले मिडवेस्ट इनोसेन्स प्रोजेक्टका रोजो बुशनेलले अभियान चलाएका हुन् । उनका अनुसार केभिनसँग कुनै बैंक खाता छैन । उनीसँग फोन नम्बर पनि छैन र उनको पहिचानको लागि कुनै सरकारी दस्तावेज पनि छैन । अहिले उनी आफ्ना भाइका घर बसिरहेका छन् । उनले छिटै जम्मा भएको पैसा पाउनेछन् ।