२०७९ असार १४
  • काठमाडौँ

अहंकार र दम्भ भएको मानिस नेता हुँदैन : नवनिर्वाचित अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अ`हं`कार र द`म्भ भएको मानिस नेता नहुने टिप्पणी गर्नुभएको छ ।

पार्टीको दशौं महाधिवेशनको बन्दसत्रलाई समापन सम्बोधनमा बोल्दै अध्यक्ष ओलीले नेताहरू अध्ययनशील हुनु जरुरी रहेको भन्दै अ`हं`कार र द`म्भ भएको मानिस नेता नहुने टिप्पणी गर्नुभयो ।

प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढं`गले प्रयोग गर्न आग्रह गर्नुभयो ।

आन्तरिक र बाह्य ह`म`लाबाट पार्टीलाई जोगाएर अघि बढ्नुपर्ने चु`नौती रहेको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद बनाएर जनतासँग एकीकृत गर्दै थप सफलताका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अब एमालेले तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । विभिन्न पार्टीबाट कार्यकर्ता प्रवेश गराउँदै पार्टीलाई माथि उठाउनुपर्नेमा उहाँको जोड छ ।

केन्द्रीय कमिटीले पार्टीको एकीकरण अभियानको मिति तोक्ने उहाँको भनाइ छ । इमेज खबर बाट

२०७८ मंसिर १४, मंगलवार १८:३१ 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार