
काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले श्रीमानको ह’त्यामा संलग्न रहेकी श्रीमतीलाई सात वर्षपछि प,क्राउ गरेको छ । विशेष सूचनाको आधारमा महाशाखाले मंगलबार बानेश्वरबाट दाङकी ५० वर्षीया दिलकुमारी सेनलाई प,क्राउ गरेको हो ।
प्रहरीका अनुसार २०७७ चैत्र ९ गते बिहान ६ बजेतिर काठमाडौं–१० धोवीखोलास्थित सिम्रिक पुलमुनि टा’उ’को’मा चो’ट लागेको अवस्थामा एक पुरुषको श’व फेला परेको थियो । अनुसन्धानपछि उनी दाङको तुलसीपुर नगरपालिका–१० का द्रोणबहादुर सेन भएको खुलेको थियो ।
घ’टनाको अनुसन्धानका क्रममा प्रहरीले उनको हत्यामा रामेछाप, गोकुलगंगा गाउँपालिका–४ काफ्लेटोलका ५४ वर्षीय भीमे सार्की भएको पत्ता लगायो । त्यसपछि उनलाई २०७७ फागुन ५ गते प,क्राउ गरेको थियो ।
अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा रहेका सार्कीले ह’त्यामा सेनकी श्रीमती दिलकुमारीको पनि हात रहेको बताएका थिए ।
त्यसपछि दिलकुमारीको खोजी गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । मंगलबार बिहान प,क्राउ परेकी दिलकुमारीलाई प्रहरीले अ’प’रा’ध महाशाखामा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।