२०७९ असार १८
  • काठमाडौँ

सडक दुर्घटनामा बाबुछोरासहित ७ जनाको मृत्यु, घाईते २५ जनाको कस्तो छ अवस्था ?

काठमाडौं, मंसिर १२ । शनिबार दिउँसो ट्रकको ठक्करबाट रुपन्देहीको भैरहवामा बाबु छोराको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली टोलस्थित चोकमा

मोटरसाइकललाई ट्रकले ठ’क्क’र दिँदा मोटरसाइकलमा सवार स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृ’त्यु भएको हो ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकल लाई ठ’क्क’र दिएको जिल्ला प्रहरी कार्याय रुपन्देहीले जनाएको छ ।

दु’र्घटनापछि घाइते भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले उनीहरुलाई मृ’त घोषणा गरेको हो ।

यस्तै, जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ कुदुमा दु’र्घटना भएको थियो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन् ।

दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

२०७८ मंसिर १४, मंगलवार ०४:३२ 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।