२०७९ श्रावण २६
  • काठमाडौँ

कारागारमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख लिएपछि…

१३ मंसिर, काठमाडौं । चिनियाँ नागरिक लिउ यू १८ असारमा ठमेलमा एक नाबालिकालाई जबरज`स्तीक`रणी गरेको अभियोगमा प`क्रा`उ परे ।

कानूनी झमेलामा कहिल्यै नपरेकी श्रीमती नेपाली नागरिक कमला भुसाल आत्तिँदै विभिन्न व्यक्तिसँग हारगु`हार गर्न थालिन् । कतै पैसा दिएर छुटाउन सकिन्छ कि भनेर कुरा गरिरहँदा काभ्रेकी रविना थापाले छुटाउन सकिने आश्वसन दिइन् । ठमेलमै भेट भएर चिनजान भएकी उनले मञ्जु ओलीसँग पनि भेटाइन् ।

‘उनीहरुले आफ्ना मान्छे वकिल छन्, उनले न्या`याधीश चिनेकाले सेटिङ मिलाइदिन्छु भनेका रहेछन्’ महानगरीय अप`राध अनुसन्धान महाशाखा, बानेश्वरका प्रमुख चन्द्रकुवेर खापुङ भन्छन्, ‘श्रीमानलाई धरौ`टीमा छुटाइदिन्छु तर सेटिङका लागि पैसा लाग्ने भनिएको रहेछ ।’

ओलीको प्रस्ताव अनुसार भुसालले २० लाख रुपैयाँ पनि दिइन् । तर श्रीमान् छुटेनन् । ‘उनी छुट्ने अवस्थामा पनि थिएन, नछुटेपछि उनीहरुले नाम लिएको वकिलसँग पी`डित बुझ्न गइछन्’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) खापुङ भन्छन्, ‘तर ती वकिलले भेटेको भए पनि पैसाबारे केही कुरै नभएको जवाफ दिएछन् ।’

वकिललाई भेटेपछि बल्ल भुसालले आफू ठ`गि`एको थाहा पाइन् । अनि, प्रहरीको श`रणमा पुगिन् । त्यसपछि प्रहरीले पी`डितकै सहयोगमा थापालाई प`क्रा`उ गरेको हो । ओली चाहिँ फरार छिन् । उनीवि`रुद्ध ठ`गी सम्बन्धी क`सू`रमा म्याद थप भएर काठमाडौं प्रहरी परिसर, टेकुबाट वि`स्तृत अनुसन्धान भइरहेको छ । अन्लाईन खबर बाट

२०७८ मंसिर १३, सोमबार १२:०६ 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।