२०७९ भाद्र १
  • काठमाडौँ

‘ओम्रिक्रोन’ भेरियन्टकाे त्रास : जापानले लगायाे सबै विदेशी उडानमाथि प्रतिबन्ध

टोकियो । कोभिड-१९ को नयाँ फेला परेकाे ‘ओम्रिक्रोन’ भेरिएन्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा राेक लगाएकाे छ ।

उक्त भेरियन्ट विश्वभर फैलन थालेसँगै जापानले भाेलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हाे ।

जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरियन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिबन्धको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यसका कारण खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गरेका छौं ।’

लामाे समय काेराेना भाइरसकै कारण विदेशीमाथि कडाइ गरेकाे जापानले एक महिना पहिले मात्रै विद्यार्थी, कामदार र पर्यटकका लागि भिसा खुला गर्ने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलन थालेपछि पुनः जापानले उडानमाथि कडाइ गर्ने निर्णय लिएको हो ।

२०७८ मंसिर १३, सोमबार ०८:०५ 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।