
धादिङ । नेपाली कांग्रेसको जारी अधिवेशनबाट गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।धादिङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका भण्डा निर्वाचित भएका हुन् ।
धादिङ क्षेत्र नं. १ बाट ‘राधे’ले खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । ‘राधे’ सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवारी दिएका थिए ।‘राधे’ले ४५२ मतसहित महाधिवेशन प्रतिनिधि शानदार जित दर्ज गराएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद दिएका छन् ।‘नेपाली काँग्रेस धादिङ क्षेत्र न १ मा दुवै प्रदेश एवम् सिङ्गो क्षेत्रको अधिवेशन बडो सान्दर्भिक ढङ्गबाट सम्पन्न भएको छ ।
म क्षेत्र नम्बर एकको क्रियाशिल सदस्य भएको कारण गौरव महशुस गर्दै विजेता हुनुभएका सम्पूर्ण नेतागणमा हार्दिक बधाई एवं शुभकामना दिन चाहान्छु,’
राधेले लेखेका छन्,‘ मलाई विश्वास गरेर आफ्नो अमुल्य मत दिनुभएकोमा सम्पुर्ण वडा सभापति क्षेत्रिय प्रतिनिधि एबंम अग्रज नेतागणहरुलाइ हृदयदेखि धन्यवाद दिन चाहान्छु ।’विभिन्न आ’पराधिक क्रियाकलापमा समलग्न भण्डारीवि,रुद्ध प्रहरीमा दर्जनौँ उ’जुरी अलपत्र छ । नेपाल समाचार बाट