
१२ मंसिर, काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल बन्दाबन्दै भ`त्कि`एको छ ।
करिब ५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पक्की पुल स्विस सरकारको सहयोगमा बनिरहेको थियो । ८० वर्षको आयु हुने र भू`क`म्प प्रतिरो´धी बन्ने गरी डिजाइन भएको पुल बनिनसक्दै भाँ`चिए`को हो ।
भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने सो पुल १२ फागुन २०७६ मा शि´लान्या´स गरिएको थियो । पुल ढलानपछि टेकाले थाम्न नसकेर भाँ´चि´एको हो ।
असार २०७७ सम्ममा नै बनाइसक्ने गरी बनाउन शुरु गरिएको पुल ४५ मिटर लामो, ६ मिटर चौडाइको थियो । पुलमा दुवैतर्फ एक दशमलब २० मिटर पै`दल यात्रु हिँड्ने स्पेस पनि बनाइएको थियो ।
केवल ट्रस, खुला फाउन्डेसनको १ मात्रै स्पानमा बनिरहेको पुलको दुवैपट्टि पक्की पिलर बनाएर ट्रस जडान गर्नुपर्ने थियो । पुल बनेपछि भोजपुर सदरमुकामबाट
दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच बन्ने आशा स्थानीयवासीमा थियो । जो`खिम मो`लेर यात्रा गर्दै आएका उनीहरुको आशा पुल भ`त्कि`एसँगै भत्किएको छ । अन्लाईन खबर बाट