
काठमाडौँ कुकुरको आ क्र,मणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् ।
२२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । यो घटना २०२० को नोभेम्बर ३ मा भएको थियो ।
उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आ क्र,मण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो ।
तर, त्यही दिन कुकुरले आ क्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आ क्रमणले उनको अनुहार नराम्रोसँग बि,ग्रिइसकेको थियो ।
ब्रुकलिनले हिम्मत हारिनन् । उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि सर्जरीको लागि सही चिकित्सक पाइन् र सर्जरी गराइन् ।
सर्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो सर्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । ।’