२०७९ असार १४
  • काठमाडौँ

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २८ जना घाइते !

जाजरकोट – जाजरकोटमा आज बिहान बस दु’र्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृ’त्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना६ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो। दुर्घटनामा २८ जना घाइते छन्। घाइते मध्ये तीन जनाएको अवस्था ग’म्भी’र रहेको थापाले बताए।

मृ’त्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको छ। रिफरका लागि हेलिकप्टर माग गरिएको छ।

घाइते सबै जिल्ला अस्पताल जाजरकोटमा उपचारमा भइरहेको छ। घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गीता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनीषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने रहेका छन्।

यस्तै वडा नम्बर १ का खम्ब प्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, बिपना परियार, नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव घाइते भएको प्रहरीले  जनाएको छ। घाइतेहरू रेम्बो पुन र आस्या वली ठेगाना खुलेको छैन।

दुर्घटनामा परेको बस सडकबाट करिब २०० मिटर तल खसेको छ। टाइम्स खबर बाट

२०७८ मंसिर १२, आईतवार ११:१५ 1 Minute 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार