२०७९ असार १८
  • काठमाडौँ

यी हुन् फुटबलर विमल घर्ती मगरकी प्रेमिका

काठमाडौं । नेपाली फुटबलर विमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । विमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

उनले एक होटलको कोरिडोरमा उभिएको आफ्नो तस्विर राख्दै स्ट्याटसमा आफ्नो प्रेमिका लिना प्रधानलाई निक्कै सम्झिरहेको उल्लेख गरेका छन् ।

विमलले लिना आफ्नो प्रेमिका रहेको बताएका छन् । विमलकी प्रेमिका लिना अहिले माल्दिभ्सस्थित एक रिसोर्ट सोनेभा जानिमा कार्यरत छिन् ।

ईटहरी निवासी लिना र विमल लामोसमय देखि प्रेम सम्बन्धमा रहँदै आएको पनि विमलले बताए । विमल अहिले काठमाण्डौंमा जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा साविकको विजेता टोलि मच्छिन्द्र क्लबबाट फुटबल खेलिरहेका छन् ।

उनी लामो समयपछि घु्डाँको चो,टबाट मुक्त हुँदै घरेलु फुटबलमा फर्किएका हुन् । विमल गत वर्ष पुषमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणको क्रममा चो,टिल भएका थिए । उनको दाहिने घुँडामा ग,म्भिर चो,ट लागेको थियो ।

कतारमा लामो सयमको उपचारपछि विमल गत असोजमा स्वेश फर्किएका थिए । दाहिने घुँडामा ग,म्भि,र चो,ट लागेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमलको उपचार कतारमा गर्ने ब्यउावस्था मिलाएको थियो ।

विमल उपचारका लागि गत माघ ३ गते कतारको दोहा गएका थिए । उनी कतारस्थित एस्पेटारमा विशेष ओर्थोपेडिक र खेलकुद चिकित्सालय अस्पतालमा उपचारपछि नेपाल फर्किएका हुन् ।

फरवार्ड बिमलले गत सिजनको लिग मच्छिन्द्रबाटै खेलेपनि सबै खेल भने खेलेका थिएनन । विमललाई नेपाली फुटबलमा एक निक्कै आशा गरिएको फुटबल खेलाडीको रुपमा हेर्ने गरिन्छ ।

२०७८ मंसिर १२, आईतवार १०:२५ 0 Minutes 429 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।