२०७९ असार १५
  • काठमाडौँ

‘दलाललाई ४० लाख रुपैयाँ बुझाइएर अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृ’त्यु

काठमाडौँ — चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अ`क्रा`स्थित रिज अस्पतालमा मृ’त्यु भएको छ ।

१० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहरालाई मलेरियाले ग्र’स्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले अक्रा एयरपोर्टको ट्रान्जिटमा अ`लप`त्र छा’डिदिएको थियो । बोहराको ग’म्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गै’रआवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए ।

दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैरआवा`सीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य संयोजक डा.सरिता पाण्डे भट्टराईले दिएको जानकारीअनुसार शनिबार अ`परा`ह्न रूपकको नि’धन भएको अस्पतालले सूचना दिएको छ । रिज अस्पतालका सम्बद्ध चिकित्सकसँग नियमित परामर्शमा रहँदै आएकी डा. भट्टराईले यो घटनाबारे एनआरएनए मुख्यालयलाई समेत अवगत गराएकी छन् ।

घानामा महँगो उपचार खेप्दै सहयोगको पुकारा गरिरहेका बोहरालाई दैनिक चार सय डलरभन्दा बढी खर्च लाग्ने भएकाले रकमको जोहो गर्न घानास्थित एनआरएनए लागिपरेको थियो । हाल नाइजेरियामा रहेका गैरआवासीय नेपालीका अभियन्ता हिक्मत थापाले असुरक्षित आ’प्रवासन र मा’नव त’स्करीको फ’न्दामा परेका बोहराको जीवनर’क्षा तथा घरफिर्तीका लागि अन्तर्राष्ट्रिय आप्रवासन संग’ठन (आईओएम) लाई आग्रह गर्ने तदारुकता राखेका थिए ।

बोहराको उपचारका लागि एनआरएनए अफ्रिकाको राहत कोषले १ हजार डलर सहयोग रकम पठाएको कोषका सञ्चालक कुल कार्कीले केन्याबाट जानकारी दिए ।‘सबै ऋणपान र घरजग्गा धितो राखेर छोराको भलाइका लागि अमेरिका जाने भन्दै दलाललाई पैसा बुझाएका थियौं,’

रुकुमको बाँकेकोट गाउँपालिका–३ का वडा सदस्यसमेत रहेका बोहराका बाबु देवबहादुरले कान्तिपुरसँग फोनमा भने, ‘यही हाम्रै गाउँठाउँबाट पनि द’लाललाई पैसा ख्वाएर थुप्रै जना अमेरिका पुगिसकेका छन् । त्यही भरमा परेर आफूले पनि चिनजानका एजेन्टले भनेअनुसार पैसा पठाउँदै आएको थिएँ ।’

उनका अनुसार तिरेको पैसामध्ये ३१ लाख रुपैयाँ आफूले बुझेको भनेर हाल नेपालगन्जमा रहेका सहायक एजेन्ट मनोज महतराले सरकारी वकिलसमक्ष कागज गरिसकेका छन् । ‘मैले पनि रूपक घानामा पुगेर अलपत्र भएको थाहा पाएको छु, उनलाई घर फर्काउने प्रयत्न भइरहेको छ,’

नेपालगन्जमा शुक्रबार दिउँसो सम्पर्कमा आएका एजेन्ट महतराले कान्तिपुरसँग फोनमा भनेका थिए, ‘अमेरिका पठाउने भनेर लागिपर्ने रुकुमकै नीराजन बस्नेत अहिले दुबईमा हुनुहुन्छ । रूपक भाइको उद्धारका लागि लाग्नेछौं ।’रूपकका बुबा देवबहादुरलाई आफ्नो छोरा के, कताबाट र कुन हवाई बिन्दुबाट घाना पुग्यो भन्ने जानकारी छैन ।

‘छोरालाई अमेरिका पठाउन उठाएको ऋणका कारण यता उठीबास लाग्ने स्थिति छ,’ उनले भने । तर अमेरिका पठाउने भन्दै गाउँ पसेर युवालाई सपना देखाउने एजेन्टहरू सम्पर्कमै रहे पनि तिनलाई पक्राउ गर्न र आवश्यक कारबाही गर्न कहीं, कतैबाट कुनै पहल नभइरहेको उनले बताए ।

तीन महिनाअघि अमेरिका जान भनी घरबाट हिँडेका रूपकका घरमा नाबालक दुई छोराछोरी र श्रीमती छन् । अस्पतालको बेडबाट धेरै कुरा बोल्न नसक्ने र घरै फर्कने इ’च्छामात्रै जनाइरहेका रूपकले बितेको अ’वधि द`लालको घेरामा कहाँ, कसरी समय बिताए भन्न सकिरहेका थिएनन् । नेपाल समाचार बाट

२०७८ मंसिर १२, आईतवार १०:०७ 0 Minutes 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार