
चीनका राष्ट्रपति सी जिनपिङले चीनले साना देशलाई कहिल्यै पनि ध’म्की नदिने बताएका छन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) को सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो धारणा व्यक्त गरेका हुन् । ‘चीनले साना देशहरुलाई कहिल्यै ध’म्की दिन्न । हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं,’ उनले भने
दक्षिण चीन सागरमा चीनका जल से’नाले फिलिपिन्सको डुंगामा गो’ली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको भनाई आएको हो । चीनका ज’ल’से’नाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले नि’न्दा गरेका छन् ।
दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच त’ना’ब बढेको छ ।
सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा बर्माका प्रतिनिधिलाई भने आमन्त्रण गरिएको छैन् । गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी म्यानमारको से’ना’ले सत्ता नि’य’न्त्र’णमा लिएको थियो । –एजेन्सी