
काठमाडौ । बेला बेलामा संघियताका बारेमा बहस हुन्छ । सानो मुलुकमा संघियतालाई धान्न आर्थिक रुपले मु`स्किल पर्ने भएकाले खा,रेज गर्नुपर्ने आवाज कहिले काँही उठ्ने गरेको छ ।
चित्रवहादुर केसीको पार्टीले यहि उद्देश्य राखेको छ । तर औप`चा`रीक रुपममा संघियता खा`रेजको माग राख्दै समाजवादी केन्द्र नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
सो पार्टीले संघियता खा`रेज लगायत विभिन्न २८ वटा माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । बुधबार सो पार्टीका अध्यक्ष युवराज सफलको ने`तृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको हो ।
आफ्ना माग पूरा गर्न सो पार्टीले प्रधानमन्त्री देउवालाई ३५ दिनको समयसीमा दिएको छ । निर्धा`रित समयभित्र माग पूरा नभएमा आफूहरु जनवि`द्रोहमा जाने तथा जनकारवाहीमा जाने चे´ता´वनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ ।
सो पार्टीले संघीयता खा´रेज गरी नयाँ ढंगले राज्य पुनर्संरचना गर्न, एमसीसी स`म्झौता खा´रेज गर्न, धर्म निरपे`क्षता खारेज गरी वैदिक सनातनी धार्मिक व्यवस्था कायम गर्न माग गरेको छ ।
यस्तै, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न, सर्वपक्षीय बृहद् राष्ट्रिय राजनीतिकसभा आयोजना गरी संविधान संशो`धन गर्न, कालापानी, लिम्पियाधुरा र लिपुलेकका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गराउन पनि सो पार्टीले माग गरेको छ ।