२०७९ असार १५
  • काठमाडौँ

अभिनेता कर्मा शाक्य हलिउड फिल्ममा प्रबेश

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता कर्मा शाक्य हलिउड फिल्ममा प्रबेश गरेका छन् । उनी फिल्म ‘एक्समेन’ र ‘थोर’ लेखक ज्याक स्टेन्जको नयाँ फिल्म फ्रोस्टबाइट मा अनुबन्धित भएका हुन् । 

फिल्म ‘सानो संसार’ मार्फत फिल्म क्षेत्रमा प्रबेश गरेका उनले हलिउड फिल्ममा पनि अभिनय गर्ने भएपछि फ्यानहरु पनि उत्साहित भएका छन् । उनले अभिनय गर्ने फिल्म फ्रोस्टबाइट को छायांकन नेपालमा पनि गरिनेछ । 

फिल्म सगरमाथामा खसेको हिम पहिरोमा बाँच्न सफल चार आरोहीको कथामा आधारित छ । फिल्म सन् २०२२ को फेब्रुअरीमा नेपाल र अमेरिकामा छायांकन हुनेछ । यस फिल्ममा कर्मासँगै बलिउड अभिनेता गुल्सन ग्रोबरको पनि अभिनय रहनेछ ।   

२०७८ मंसिर ११, शनिबार ११:५८ 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार