
४० बर्ष भारतमा काम गरेर विताएका एक बृद्धले परिवारको खोजी गदैं आएका छन् । रोजगारीको सिलसिलामा भारतमा पुगेका ६५ बर्षिया बृद्धले आफ्नो घर म्याग्दी बेनी नगरपालिका–१,अर्जम भएको बताएको जनाएको छ ।
पर्वतबेनीबाट उद्धार गरी बृद्धको चाहना अनुसार नै बागलुङ लगिएपनि परिवारको पहिचान हुन नसक्दा अलपत्र अवस्थामा रहेको पत्रकार साजन परियारले बताए ।‘काम गर्दा दु’र्घटनामा परेर एउटा खुट्टा गु’मेको छ, बुढेशकालमा परिवार खोज्दै आएको छु’ बृद्धलाई उद्धित गदैं पत्रकार परियारले भने ।
रक्सोलहुँदै आइपुगेको बताउने उनीले आफुँ बागलुङ हुदै भारत हिडेर भारततर्फ लागेको समेत बताउने गरेका छन् । क्षेत्री थरका बृद्धको पहिचान समेत खुलेको छैन् । आफ्नो घरको खो’जिमा हिडेका उनी आफ्नो परिवारको खोजीमा भौ’तारिरहेकाले सम्पर्कमा आउन समेत अपिल गरिएको छ ।
यो पनि – प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गै’रआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो
हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताउनुभयो ।“विदेशमा आर्जेको सीप, पूँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो”,
उहाँले भन्नुभयो, “बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भि’त्र्याएर जलविद्युत् आयोजना बनाउन लागेका हौँ ।” गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहनुभएका कुँवरले यस आ’योजनामा एनआरएनदेखि स्थानीयवासीसम्मको लगानी रहेको बताउनुभयो ।
विसं २०७६ मङ्सिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शि’लान्यास गर्नुभएको सो आयोजना निर्माणको तयारी भइरहेका बेला को’रोना (भाइरस)को महामारी फै’लिएपछि निर्माणले गति लिन सकेको थिएन । विसं २०७७ को बाढीपहिरो र दोस्रो लहरको को’रोनाले पनि आयोजनाको निर्माण कार्यमा अ’सर पारेको थियो ।
आयोजनाका इञ्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अ’डिट निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।