
दोहा : कतारले कम आय भएका देशहरूमा कोरो’ना वि’रुद्धको खो’प उपलब्ध गराउन १० मिलियन डलर सहयोग गर्ने भएको छ ।
कतार फन्ड फर डेभ’लपमेन्ट (क्युएफएफडी) ले ग्यावी, भ्या’क्सिन एलायन्ससँग पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्दै कम आय भएका देशहरूमा खोपहरूमा समान र दिगो पहुँच वृद्धि गर्ने प्रयासलाई समर्थन गर्न १० मिलियन डलर सहयोग गरेको हो ।
हस्ताक्षर गरिएको सम्झौता मार्फत क्युए’फएफडीले कम आय भएका देशहरूमा खोपहरूमा पहुँच बढाउन गाभिलाई समर्थन गर्ने र शून्य-डोज बच्चाहरूलाई आधारभूत नियमित खो’पको एक डोज पहुँच प्राप्त गर्न सुनिश्चित गर्न भ्या’क्सिन एलायन्ससँग काम गर्ने क्युएफ’एफडीलाई उद्धृत गर्दै क्युएनएले जनाएको छ ।
क्युएफएफडीले विश्वका गरिब देशहरूलाई भ्या’क्सिन तथा रोकथाम गर्न सकिने रोगहरू विरुद्ध आर्थिक रूपमा सहयोग गर्न गाभिसँग बलियो रणनीतिक साझेदारी स्थापना ग¥र्यो जहाँ कतारले २०२१ देखि २०२५ सम्मको अव’धिमा खो’प
कार्यक्रमहरूलाई समर्थन गर्न प्रारम्भिक चरणमा एक करोड डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। क्युए’फएफडीका परियोजना उपमहानिर्देशक मिसफर अल शाहवानीले भने ।
‘हामी क्युएफएफडीबाट योगदान र साझेदारीलाई स्वागत गर्दछौँ, जसले आगामी पाँच वर्षमा खोपहरूमा थप पहुँचलाई सक्षम बनाउनेछ।’ खबर हब बाट