२०७९ श्रावण २६
  • काठमाडौँ

देउवा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न सकेन : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

एमालेको दशौँ महाधिवेशनमा शुक्रबार शुभकामना दिदै अध्यक्ष थापाले अहिलेको सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको बताएका हुन् ।

उनले नेपाल विदेशी शक्तिको क्रिडास्थल भएको बताउदै नेकपा एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताए ।

अध्यक्ष ओली नेतृत्वको सरकारले विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र लिम्पियाधुरासमेत समेटेर नेपालले चुच्चे नक्सा बनाएर संविधानमा संस्थागत गर्न सफल भएको बताउदै अध्यक्ष थापाले एमालेलाई जनताले सधै स्मरण गरिरहने तर्क गरे ।

अध्यक्ष थापाले एमाले अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भएकाले नेकपा एमालेले १० औं महाधिवेशनबाट राष्ट्रलाई तेतृत्व गर्न सक्ने नेतृत्व चुनिनेमा आफू आशाबादी रहेको बताए ।
न्युज24 बाट

२०७८ मंसिर १०, शुक्रबार ०९:४३ 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।