२०७९ असार १४
  • काठमाडौँ

२७ हजार रुपैयाँबाट ६ वर्षमा बनाए ७ खर्ब ५२ अर्बको कम्पनी, २५ वर्षका युवाले यसरी गरे चमत्कार

काठमाडौं। सफ्टवेयर फर्म पर्सोनियो केवल ६ वर्षमा युरोपका सबैभन्दा मूल्यवान स्टार्टअपमध्ये एक बनेको छ । पर्सोनियोको नेटवर्थ ६.३ बिलियन डलर अर्थात ७ खर्ब ५२ अर्ब रुपैयाँ बराबर छ । तर, एक समय कम्पनीसँग पैसा नै थिएन । पर्सोनियो २ सय युरो (२७ हजार रुपैयाँ) बाट ६ बिलियन डलरसम्म कसरी पुग्यो भन्नेबारे यसका सीइओ हनो रेनरले एक अन्तरवार्तामा बताएका छन् ।

सीएनबीसीसँग कुरा गर्दै रेनरले पुराना दिनहरु स्मरण गरे । उनका अनुसार एक समय कम्पनीको बैंक खातामा २ सय युरो अर्थात २७ हजार रुपैयाँ मात्र बाँकी थियो । तर, मेहनत र लगनबाट यो कम्पनी ६ वर्षमै ६ बिलियन डलर नेटवर्थको बन्यो । पर्सोनियो कम्पनीमा अहिले एक हजार भन्दा धेरै कर्मचारीले काम गर्छन् ।

पर्सोनियोका सीइओ हानो रेनरले ६ वर्षअघि २०१५ मा रोमन शुमाकर, आर्सेनी वर्सिनिन र इग्नाज फोर्स्टमेयरसँग मिलेर जर्मनीको म्युनिखमा कम्पनीको स्थापना गरेका थिए । त्यतिबेला रेनर केवल २५ वर्षका थिए । यी ४ जनाको भेट म्युनिखका २ मुख्य कलेजहरुको संयुक्त संस्थान सेन्टर फर डिजिटल टेक्नोलोजी एण्ड म्यानेटमेन्टमा पढाइको क्रममा भएको थियो ।

पर्सोनियोको विचार साना र मध्यम आकारका व्यवसायमा केन्द्रित थियो । सुरुमा यी ४ जना साथीहरु यसको लागि पनि संघर्ष गरिरहेका थिए । उनीहरुसँग कुनै अफिस समेत थिएन । पर्सोनियोको पहिलो सफ्टवेयर बनाउने क्रममा उनीहरु कलेजमै थिए । यस क्रममा उनीहरुले जहाँ ठाउँ पायो त्यहीँ काम गरेर पहिलो सफटवेयर बनाए ।

जुलाइ २०१६ मा पर्सोनियोले ग्लोबल फाउण्डर्स क्यापिटल सहित लगानीकर्ताहरुसँग सीड फण्डिङ राउण्डमा २.१ मिलियन युरो जुटायो । यहीँबाट उनीहरुको अवस्था सुधार हुन सुरु भयो । पर्सोनियोले अहिलेसम्म लगानीकर्ताहरुबाट ५०० मिलियन डलर लगानी जुटाएको छ । कम्पनीको मूल्य भने यो लगानीभन्दा १२ गुणा धेरै भइसकेको छ ।

२०७८ मंसिर १०, शुक्रबार ००:३४ 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार