
काठमाडौं। बेलायतले नेपालबाट १० हजार नर्सको माग गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार बेलायत सरकारले १० हजार नर्सको माग गरेका छन्। जस अन्तर्गत पहिलो चरणमा नेपालबाट २ सय नर्स बेलायत जानेछन्।
बेलायत सरकारले विभिन्न देशबाट १ लाख नर्स लैजाने योजना अघि सारेको छ। जसअन्तर्गत नेपालबाट पनि १० हजार नर्स लैजाने भएको हो।मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार हाल बेलायतमा नेपाली नर्स पठाउने विषयमा अध्ययन गर्न सुरु भइसकेको छ।
मन्त्रालयले जीटुजीमार्फत् नर्स पठाउने तयारी गरेको हो। बेलायत सरकारले पठाएको चिठीमा नर्सलाई शून्य लागतमा लैजाने भनिएको पनि प्रवक्ता घिमिरेले बताए।बेलायत सरकारले हाल अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने बताएका छन्। यो भनेको वार्षिक नेपाली ७३ लाख रुपैयाँ हो।
यो पनि पढ्नुहोस् । भान्सामा मेथीको प्रयोग गर्नुहुन्न भने आजै बाट मेथीको प्रयोग सुरु गर्नुस् । किनकी यसले हाम्रो शरीरलाई अनेकौं फाइदा पुर्याउँछ।यो कोरोना कहरका बेला रोग प्रतिरोधी क्षमता बढाउन मेथी अझै बढी उपयोगी हुन्छ ।
यस्ता छन् बहुगुणी मेथीका फाईदा:- यसले भोक बढाउने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । मेथी खानाले पसिना आउँछ र शरीरको विजातिय विकार तत्वलाई बाहिर निकाल्दछ ।यसले श्वास तथा शरीरको दुर्गन्धबाट छुट्कारा दिलाउँदछ । यो अल्सरमा पनि लाभकारी हुन्छ ।
यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ । यसले थकान कमर दुखेको तथा शरीर दुखेकोमा फाइदा गर्दछ । यसको पातको लेप कपाल तथा अनुहारमा गरेमा कपाल तथा अनुहारका अनेकन विकार निर्मुलगरी केश र अनुहार कान्तिमय हुन्छ। मधुमेह को रोगिको लागि मेथिदाना फाइदाजनक हुन्छ । एक कप पानीमा वेलुका मेथीदाना भिजाउँने विहान पानी पिउने मेथिदाना चपाएर खाएमा फाइदा हुन्छ ।
वाथ रोग मुटुरोगमा पनि मेथिदाना फाइदाजनक हुन्छ ।मेथी, हल्दी, सौंठ लाघ समभागमा चुर्ण राखेर विहान वेलुका १/१ चम्मच तातो पानी या दूधमा सेवन गर्नाले जोड्नीको दुखाई तथा सबै प्रकारको वाथ रोग र सुजन सुन्निएकोमा फाइदा हुन्छ । मेथी दाना मा धेरै प्रकारका पोषक तत्व हुने भएकाले यसको सागको तरकारी खानाले या दानाको सेवनले शरीरको रगत शुद्ध हुने र एनीमिया रोक्नमा सहायक हुन्छ।