२०७९ असार १५
  • काठमाडौँ

मृत्यु भइसकेका म्याराडोनामाथि १६ वर्षकी किशोरीलाई आमाकै अगाडि बलात्कार गरेको आरोप

काठमाडौं। प्रसिद्ध फुटबलर डिएगो म्याराडोनामाथि ३७ वर्षकी एक महिलाले ब’ला’त्का’रको आ’रोप लगाएकी छिन् । म्याराडोनाको गत वर्ष ६० वर्षको उमेरमा निधन भएको थियो । यी महिलाको दावीअनुसार २१ वर्ष पहिले उनी नाबालिग हुँदा म्याराडोनाले उनलाई ब’ला’त्का’र गरेका थिए ।

यी महिलाको नाम माविस अल्भारेज हो । यी महिला क्युबाकी हुन् । अहिले उनी अमेरिकाको मियामीमा बस्छिन् । उनले सोमबार मिडियाको अगाडि अर्जेन्टिनाका विश्वकप विजेता सुपरस्टार खेलाडी म्याराडोनामाथि ब’ला’त्का’र, हिं’सा, दुर्व्य’वहा’र र इच्छावि’रुद्ध आफूलाई समाएको जस्ता कैयौं आ’रोप लगाएकी छिन् ।

अल्भारेजका अनुसार उनी १६ वर्षकी हुँदा म्याराडोनासँग भेट भएको थियो । त्यतिबेला म्याराडोना ४० वर्षका थिए र क्युबामा बस्थे । त्यहाँ उनका लागू,औ’ष’धको लतको उपचार भइरहेको थियो । अल्भारेजले यही क्रममा म्याराडोनाले आफूलाई ब’ला’त्का’र गरेको आ’रोप लगाएकी छिन् । त्यतिबेला उनकी आमा ढोकाबाहिर रोइरहेकी थिइन् । महिलाले म्याराडोनाले आफ्नो ‘बाल्यकाल चोरी गरेको’ आरोप लगाएकी छिन् ।

अल्भारेजका अनुसार म्याराडोनासँग उनको सम्बन्ध ४ देखि ५ वर्ष चल्यो । यस क्रममा म्याराडोनाले उनीमाथि धेरै दुर्व्यवहार गरे । अल्भारेजले भनिन् ‘म उनलाई प्रेम गर्थें तर म उनलाई घृणा पनि गर्थें । मैले आत्म’हत्याको बारेमा पनि सोचेकी थिएँ ।’

अल्भारेजले म्याराडोनामाथि आफूलाई कैद गरेको, ड्रग्स दिएको जस्ता आरोप पनि लगाएकी छिन् । माविल अल्भारेजले आगामी २५ नोभेम्बरमा म्याराडोनाको मृत्युको वार्षिकीमा प्रसारण हुने एक टेलिभिजन सिरिजमा बताइएका कुराहरुलाई सन्तुलित गर्न सकियोस् भनेर आफू यति धेरै वर्ष चुप रहेपछि अहिले बोलेको बताएकी छिन् । डिसि नेपाल् बाट

२०७८ मंसिर ९, बिहीबार १४:२९ 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार