२०७९ भाद्र १
  • काठमाडौँ

मन्त्री बन्न नपाएर आफ्नै नेताको पुत्ला जलाएपछि भएको पद पनि गयो

काठमाडौं । मन्त्री बन्न नपाएपछि आफ्नै पार्टीका नेताको वि`रोध गर्दै पार्टी कार्यालयमा तालाबन्दी गर्ने एक जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय सदस्यवाट हटाएको छ ।

सांसदसमेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवलाई पार्टीले कार`बाही गरेको छ । यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको सो पार्टीका नेता इ`स्ति`याक राईले जनाएका छन् ।

उनलाई साधारण सदस्य कायम राखिएका कारण सांसद पद भने यथा´वत छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फु`टाउने प्रयास गरेका यादवलाई सरकार परिवर्तनपश्चात् मन्त्री नबनाएको भन्दै आफ्नै नेता उपेन्द्र यादवको पु`त्ला जला`एका थिए ।

उनका कार्यकर्ताहरुले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा ता`लाब`न्दी समेत गरेका थिए । अध्यक्ष यादवकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो । नेता राईका अनुसार यादवका विषयमा छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।

समितिले दिएको प्रतिवेदनका आधारमा उनी माथि थप निर्णय हुने राईले बताए । छानबिनमा निर्दोश देखिए कारवाही फु`कुवा हुने छ भने प्रमाणीत भए कार,वाही यथा,वत रहने राईले बताएका छन् । ताजा खबर बाट

२०७८ मंसिर ९, बिहीबार ०८:२७ 0 Minutes 506 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।