
काठमाडौ : विमल घर्ती मगर नेपालका चर्चित एवं सर्वाधिक सफल फुटबलरमध्येमा पर्छन् । यद्यपि, उनले आफ्नो क्षमता अनुरूपको उपलब्धि हासिल गर्न नसकेको तर्क गर्नेको पनि कमी छैन ।
हाल २३ वर्ष भएका मगरले १२ वर्षकै उमेरमै चर्चा हासिल गर्न सफल भएका थिए । सन् २०११ मा भारतमा भएको सुब्रतो कपमा बुटवल एलिट इङ्लिस स्कुललाई च्याम्पियन बनेपछि उनी सबैको नजरमा पर्न सफल भएका थिए ।
२०१३ मा उनलाई नेदरल्यान्ड्सको ट्वेन्टे फुटबल क्लबले ट्रायलका लागि बोलाएको थियो । हाक्र्सबग्र्स स्पोर्ट्स क्लबविरूद्धको मैत्रीपूर्ण यू–१६ खेलमा ४ गोल र एसिस्ट गरेपछि उनलाई म्यानचेस्टर युनाइटेडले समेत निगरानीमा राखेको थियो ।
ट्वेन्टे क्लब उनको प्रदर्शनबाट प्रभावित भए पनि श्रम कानुन र फिफाको नियमका कारण १६ वर्षको उमेरमा उनलाई आवद्ध गर्न पाएन । त्यसपछि उनी ट्रायलका लागि बेल्जियम गए । उनलाई रोयल स्पोर्टिङ क्लब अफ एन्डरलेक्टको यू–१६ टिमका लागि ट्रायल दिने अवसर बंगलादेशको यू–१७ टिमका पूर्व प्रशिक्षक रेने कोस्टरले मिलाइदिएका थिए ।
ट्वेन्टे क्लब उनको प्रदर्शनबाट प्रभावित भए पनि श्रम कानुन र फिफाको नियमका कारण १६ वर्षको उमेरमा उनलाई आवद्ध गर्न पाएन । त्यसपछि उनी ट्रायलका लागि बेल्जियम गए । उनलाई रोयल स्पोर्टिङ क्लब अफ एन्डरलेक्टको यू–१६ टिमका लागि ट्रायल दिने अवसर बंगलादेशको यू–१७ टिमका पूर्व प्रशिक्षक रेने कोस्टरले मिलाइदिएका थिए ।
यसअघि नेदरल्यान्ड्सको ट्वेन्टे क्लबसँग पनि उनैले समन्वय गरिदिएका हुन् । सन् २०१४ मा विमलले एन्डरलेक्टको यू–१९ टिमसँग सम्झौता गरे र युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली फुटबलर बन्न सफल भए ।
तर, त्यस सिजन उनको टिम ‘कोपा डेल अगाथा’को उपविजेतामा सीमित हुन पुगेको थियो । सो प्रतिस्पर्धामा उनले २ गोल गरेका थिए भने चोटका कारण केही खेल गुमाउन पुगे । तर, उनको सफलतामा फेरि पनि फिफाको युवा खेलाडी आवद्ध गर्ने नियम र युरोपियन युनियनको श्रम कानुन बाधक बन्यो ।
त्यसपछि पनि उनले केआरसी जेङ्क, मारबेला युनाइटेडलगायत विभिन्न क्लबमा ट्रायल दिए । तर, उमेर नपुगेका कारण क्लबले चाहेर पनि अनुबन्ध हुन सकेनन् ।
२०१५ मा उनले सुदूर पश्चिम फुटबल क्लबबाट सिनियर टिममा डेब्यु गरे । डेब्यू खेलमै म्यान अफ द म्याच बनेका विमलले त्यसको २ वर्षपछि भारतमा गएर खेल्न थाले । कलकताको सफल क्लब मोहन बगानले उनलाई सिजनको उत्तरार्द्धमा अनुबन्ध गरेको थियो ।
हाल उनी ‘ए’ डिभिजन लिग खेलिरहेका छन् । चोटका कारण विश्राम गरिरहेका विमल लामो समय मैदान फर्किएका हुन् । उनले यसपालिको ए डिभिजन लिग मछिन्द्र क्लबबाट खेलिरहेका छन् ।
विमलले हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा ६ गोल गरिसकेका छन् । उनले सन् २०१३ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।
भिडियो सहित