
काठमाडौ:नेपाली रास्ट्र टोलिका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी यतिबेला बिदामा कुबेतमै छन्। रास्ट्र लिग ए डिभिजन लिग चलिरहेकाले खेलाडिहरु पनि लिगमै ब्यस्त भएकाले हाल ऊनी प्रशिक्षण गराइरहेका छैनन् । अफ ड्युटी भएपनी उनी कुबेतबाटै खेलाडिहरुलाइ प्रोत्साहन गरिरहेका छन् ।
अल्मुताइरिले आज मात्रै अफ्नो फेसबुक मार्फत ए डिभिजन लिग खेल्ने नेपाली खेलाडीहरुको प्रसंशा गरेका छन् । साथै खेलाडिहरुलाइ समर्थन गर्न समर्थकहरुलाइ आग्रह पनि गरेका छन् । उनी लेख्छन् ”
अहिले खेलाडीहरुमा म जे देखिरहेको छु त्यसबाट सन्तुष्ट छु। उनीहरुको अझै उत्कृष्ट प्रदर्शन हेर्न बाकि नै छ। यतिबेला समर्थकहरुले खेलाडिहरुप्रती असन्तोष र दुव्र्यवहार नदेखाएर नैतिक समर्थन गर्नु पर्छ।”
यशअघि पनि लिग सुरुहुनु भन्दा अगाडि डिजिटल माध्यमबाट उनले खेलाडीसँग कुराकानी गर्दै सुभकामना दिएका थिए। अल्मुताइरिले मैदान भित्र मात्र नभएर बाहिरबाट पनि खेलाडिहरुलाइ हौसला दिदै आएका छन् । नेपाललाइ मुटुमै राखेका अल्मुताइरी यसकारण पनि खेलाडी र समर्थकहरुमाझ लोकप्रीय छन् ।