
आसन्न बिग ब्यास क्रिकेट लिगका लागि नेपाली खेलाडी सन्दिप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन । होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दिप आज अष्ट्रेलिया गएका हुन ।
डिसेम्बर पाँच तारिखबाट सुरु हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग खेल्नेछ । यस्तै दोस्रो खेलमा डिसेम्बर ११ मा सिड्नीसँग रहेको छ ।
आठ टिमको सहभागिता रहेको प्रतियोगितामा सन्दिपले लगातार दोस्रो सिजन होबर्टबाट खेल्न लागेका हुन । उनले अघिल्लो सिजनमा आठ खेलमा आठ विकेट लिएका थिए । जसमा उनको उत्कृष्ट बलिङ २४ रनमा दुई विकेट रहेको छ ।
त्यो भन्दा अगाडी उनले मेलर्बन स्टार्सबाट दुई सिजन खेलेका थिए । जसमा पहिलो सिजनमा आठ खेलमा चार विकेट लिएका थिए भने दोस्रो सिजनमा १३ खेलमा १५ विकेट लिएका थिए । उनले बिग ब्यास लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन । जसमा उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट रहेको छ ।
हाम्रो खबर डट्कम बाट