२०७९ असार १५
  • काठमाडौँ

यी हुन् सबैभन्दा धनी फुटबल खेलाडी, रोनाल्डो, मेस्सीको भन्दा कैयौं गुणा धेरै सम्पत्ति छ!

काठमाडौं। फैक बोल्किया यस्तो नाम होइन जुन नाम अधिकांश फुटबल प्रशंशकहरुले चिन्छन् । तर, चेल्सी र लिसेस्टर सिटी एकेडेमीका पूर्व स्टार

यी खेलाडी संसारकै सबैभन्दा धनी फुटबलर हुन् । डेलीस्टारको रिपोर्टअनुसार २३ वर्षका फैक बोल्किया ब्रुनाइका पूर्व सुल्तान हसनल बोल्कियाका भतिजा हुन् । उनीसँग करिब १३ अर्ब पाउण्ड सम्पत्ति छ ।

यति सम्पत्ति हुँदा पनि फुटबलप्रति प्रेमका कारण फैक बोल्किया आज फुटबल खेलाडी छन् ।बाल्यकालदेखि नै उनको सपना व्यवसायिक फुटबलर बन्ने थियो । उनको जन्म ९ मे १९९८ मा अमेरिकाको लस एन्जल्समा भएको थियो । उनले बेलायतको योर्कशायरमा ब्राडफिल्ड कलेजमा अध्ययन गरे । यहीँबाट फुटबलप्रति उनको प्रेम बढ्न थाल्यो ।

एएफसी न्युबरीको साथ सुरुवात गरेपछि फैक २००९ मा साउथेम्पटनको प्रसिद्ध युथ एकेडेमीमा भर्ना भए । २०१३ मा उनले ठूलो अवसर पाए जब प्रिमियर लिग क्लव आर्सनलले उनलाई आफ्नो टिममा आउन प्रस्तान दियो । तर उनले गनर्ससँग एक वर्ष बिताएपछि चेल्सीमा गए ।

बोल्कियासँग खेल्ने उनका एक पुराना साथीका अनुसार उनी धनी घरका भए पनि उनले कहिल्यै धनको घमण्ड देखाएनन् । उनी साथीहरुसँग सधै आम मानिसजस्तै घुलमिल हुन्थे । ती साथीले भने ‘जब बोल्किया हामीसँग खेल्न आए, हामीलाई उनी यति ठूलो घरानाका हुन् भन्ने थाहा थिएन ।

उनले पनि हामीलाई कहिल्यै यो कुरा महसुस हुन दिएनन् । उनी निकै शान्त स्वभावका असल मानिस छन् । उनी हामीसँग साथीजस्तै हाँसोमजाक गर्थे ।’ चेल्सीपछि उनी २०१६ मा लिसेस्टर सिटी गए जहाँ उनले ४ वर्षसम्म खेले । अहिले उनी पोर्चुगलको क्लव मेरिटिमोका लागि खेल्छन् ।

२०७८ मंसिर ८, बुधबार १८:५९ 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार