२०७९ असार १४
  • काठमाडौँ

आ’त्मह’त्या दुरु’त्साहनको मुद्दामा सञ्जय बिक प्र’काउ

सुर्खेत । सुर्खेत चौकुने गाउँपालिका घाटगाउ ९ निवासी मइसरा परियारले आफ्नै मोबाइलमा भिडियो रेकर्ड गरी कार्तिक ३० गते विष सेवन गरी आ’त्मह’त्या गरेको १० पछि सञ्जय बिक प’क्राउ परेका छन् । 

गत असोज २८ गते स्थानीय सञ्जय बिक सँग प्रेम गरी बिवाहा गर्न घरबाट निस्केकी परियार केही दिन सञ्जयको घर र दुबई जना विभिन्न ठाउँमा पुगेका थिए ।

मृतकका ठुलबुवा बिनोद परियारका अनुसार छोरीका आमाबुबा इन्डियामा बस्ने हुँदा मइसरा परियार बैनी लिएर पढेर बसेकी थिइन । १८ वर्षकी परियारले कक्षा १० मा पढ्दै गरेकी थिइन् । गाउँकै सञ्जय बिक सँग भागिन केही दिन बसेर फेरि माइत आइन ।

घरमा सानो जात भन्दै सास ससुराले स्वीकार गरेनन् भन्दै थिइन र मैले नै मेरै घरमा लम्की चुवा राखेको थिए । हामीले अहिले पढने उमेर हो पढ्नु केही भएको छैन बच्चा बुद्धिमा यस्तै हुन्छ भनेर सम्झाएका थियौँ ।फेरि कार्तिकको २८ गते केटाले अब बाउआमाले स्वीकार गर्ने भन्नू भएको छ भनी बोलाएर भागिन गते नै केटाको घरमा विष खाइछन् ।

छोरीले विष खाएको फुपू पुसाजुले देखे पछि उपचारको लागि लम्की ल्याएको र उपचार कैलाली को लम्की चुवा लालरत्न अस्पतालमा उपचार सम्भव नभए पछि नेपालगन्ज उपचारको लागि लैजाने तयारी गर्दागर्दै छोरीको मृत्यु भएको बताएका छन् ।

आफ्नो छोरीलाई प्रेम जालमा पारी इज्जत लुटेर घर परिवारले स्वीकार गरेनन् भन्दै जिन्दगी बर्बाद पारिदिने सञ्जय बिक र अहिलेको जमानामा पनि दलित भित्रै सानो जात भनी अस्वीकार गर्ने र्टचर दिएर मर्न बाध्य बनाउने सञ्जय र परिवारलाई इलाका प्रहरी कार्यालयमा आ’त्मह’त्या दुरुत्साहनको जाहेरी दर्ता गरेका थिए । 

निज विकलाई हिजो (मंगलबार) प’क्राउ गरि आ’त्मह’त्या दुरुत्साहन मुद्दामा थप अनुसन्धान गरिरहेका सुर्खेत जिल्ला डिएसपीले थाहा अनलाइनलाई बताएका छन् । थाहा अनलाइन डट्कम बाट

२०७८ मंसिर ८, बुधबार १२:०७ 0 Minutes 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार