२०७९ श्रावण २६
  • काठमाडौँ

युरोप प्रवेश गर्ने क्रममा मा’रिए ५ नेपाली, ३ जनाको पहिचान खुल्यो ।

काठमाडौं : अ’वैध रूपमा टर्कीबाट युरोप प्रवेश गर्ने क्रममा टर्की र ग्रीसको उत्तरी सीमा नजिकै मा’रिएका ५ नेपालीमध्ये तीन जनाको पहिचान खुलेको छ।

मारिने नेपालीमा लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र ओम मगर छन्। बाँकी दुई जनाको पहिचान खुलेको छैन।
दूर्घ’टनामा घाइते भएकी एक नेपालीको पनि पहिचान खुलेको टर्कीस्थित एक विश्वस्त श्रोतले प्रवास खबरलाई जानकारी दियो।

ती महिलाको नाम शर्मिला घले तामाङ हो। उनको अवस्था ‘क्रिटिकल’ छ। उनको सीमा नजिकैको अस्पतालमा उपचार भइरहेको छ। गत शुक्रबार गैरका’नुनी रुपमा टर्कीबाट

युरोपेली देश ग्रीस प्रवेश गर्ने क्रममा ५ नेपालीको दुःखद नि’धन भएको थियो। यसअघि ग्रीस प्रहरीले १५ जना आप्रवासी बाकेर उत्तरपूर्वी सीमा नजिकै थेसालोनिकी शहरतर्फको राजमार्गमा शुक्रबार द्रुतगतिमा कुदेको गाडी दुर्घ’टनाग्र|स्त भएको जानकारी दिएको थियो।

ग्रीस प्रहरीका अनुसार दूर्घ’टनाग्रस्त गाडीको चालक एक माल्दोभन थिए। राजमार्गमा पुलिसको पेट्रो’लिङबाट बच्न उनले तीब्र गतिमा गाडी हकाएका थिए। प्रहरीले गाडीको पिछा गर्दा दूर्घटना भएको थियो।

मध्यपूर्वबाट युरोप प्रवेश गर्ने सजिलो नाकाको रूपमा ग्रीसलाई लिने गरिन्छ। एसिया र मध्यपूर्वी देशका आप्रवासीहरू युरोप छिर्न टर्की र ग्री’सबीचको सिमानामा रहेको इभ्रो’स नदी पार गर्ने गरेका छन्।-यो खबर चिया गफमा छ ।

२०७८ मंसिर ७, मंगलवार १५:५२ 1 Minute 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।