२०७९ असार १४
  • काठमाडौँ

अंग्रेजी बोल्न न-आउँदैमा म गवाँर भएँ ?

यस अन्तरवार्तामा उनले आफूलाई अंग्रेजी नजानेकैले होच्याउन नमिल्ने तर्क गरेकी छन् । अंग्रेजी जान्दैमा कोही आधुनिक नहुने र नजान्दैमा गवाँर पनि नहुने उनको भनाइ छ ।

अञ्जली भन्छिन्, ‘म ठूलो बोर्डिङ स्कुलमा पढेर आएको होइन । खेत रोपर दुई सय मासिक पैसा कमाएर पढेको हुँ ।

जुत्ता होइन, चप्पल लगाएर स्कुल गएको हुँ । मलाई अंग्रेजी बोल्न आउँदैन त आउँदैन ।’उनी थप्छिन् ‘मलाई नेपाली बोल्न आउँछ, यसमै प्राउड छ नि त । म मधेसी समाजमा हुर्केँ । मधेसी बोल्न लगाउनुस, बोलिदिन्छु । अंग्रेजी बोल्न नआउँदैन भने मोडलै नमान्ने ?

मलाई जति आउँछ, त्यति बोल्छु । बिगारेर होस वा सुधारेर । बिगार्छु, फेरि सुधार्छु । अंग्रेजी राम्ररी नबोल्दैमा गवाँर भन्न मिल्छ ? यस्तो पनि हुन्छ ?’यद्यपि समयअनुसार सबै कुरा सिक्नुपर्ने भन्दै उनले आफू अहिले सिक्ने क्रममा रहेको पनि बताएकी छन् ।

उनी भन्छिन्, ‘मलाई मात्र होइन, अरु पनि धेरै कलाकारलाई अंग्रेजी बोल्न आउँदैन ।मेरी आमालाई अंग्रेजी बोल्न आउँदैन ।

अब के म उहाँलाई आमा नै नभन्नु ? मदर, फादर, ब्रदर भन्दा आधुनिक हुने, आमा भन्दा गवाँर हुने हुन्छ ?’कोही अंग्रेजी स्कुल पढेर खरर अंग्रेजी बोल्दैमा भीआइपी नहुने अञ्जलीको तर्क छ ।
साभार- नेपाल समाचार

२०७८ मंसिर ७, मंगलवार १२:११ 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार