
काठमाडौको कपन बस्दै आएकी सर्मिला मगर ३ महिना देखि श्रीमान बेपत्ता भएको भन्दै मिडियामा आएकी छिन । घरबाट सल्लाहले नै हिडेका श्रीमान ३ महिना बिति सक्दा पनि सम्पर्कमा नआए पछि आउ खोजी गर्दै मिडियामा आएको सर्मिलाको भनाईं छ । उ
नका श्रीमान काठमाडौमा ट्याक्सी चलाउदैँ आएका थिए । बिगत १०/१२ वर्ष देखि नै श्रीमान ट्याक्सी चलाउदै आएको सर्मिला बताउँछीन । तर अहिले साहुले ट्याक्सी बेच्ने भने पछि आफू अब अरु नै काम गर्न भनी उनी हिडेको सर्मिलाको भनाई छ ।
गत साउन महिनामा नै ट्याक्सी साहुले ट्याक्सी बेच्न लागेको भन्दै आफू अब इन्डिया जाने श्रीमानले बताएको सर्मिलाको भनाई छ । आफुलाई इन्डिया मै गाडी चलाउने काम मिलेको भन्दै आफू इन्डिया जाने भनि श्रीमान घरबाट हिडेको सर्मिलाको भनाई छ ।
आफू उता पुगेर उताको नम्बर लिएर फोन गर्ने भन्दै श्रीमान हिडेको उनको भनाई छ । बिहान घरबाट हिडेका श्रीमानको फोन ११ बजेसम्म लागेको उनले बताईन । ११ बजे आफू काठमाडौबाट हिड्न लागेको भनी श्रीमानले भनेको उनको भनाई छ ।
त्यसपछी भने उक्त नम्बरमा सम्पर्क हुन नसकेको उनको भनाई छ । इन्डिया जान्छु भनी हिडेका श्रीमान पुगेर फोन गर्छ्न भन्दै आफू पर्खेर बसेको उनको भनाई छ । तर अहिले ३ महिना भन्दा धेरै बितिसक्दा पनि श्रीमानसगँ कुनै सम्पर्क हुन नसकेकोले आफू मिडियामा आएको सर्मिलाले बताएकी छिन ।
धनकुटाको हिले घर भएकी सर्मिलाका एक छोरा र एक छोरी छन । २३ वर्ष अघि आफुहरुको बिबाह भएको सर्मिला बताउँछिन । काठमाडौ बसेको पनि १२ वर्ष भन्दा धेरै भै सकेको उनको भनाई छ । काठमाडौ कै कपनमा सर्मिला सानो पसल गर्दै आएकी छिन । श्रीमान भने ट्याक्सी चलाउने गर्दथे ।
आफ्नो श्रीमान हराएको करिव एक हप्ता पछि केही पर होटल गरि बस्ने रोमा बस्नेत तामाङका आफन्तहरु आएर रोमा पनि आफ्नो श्रीमान हराएकै दिन हराएको भन्दै उनिहरु सगै भएको हुन सक्ने भन्दै आफुसगँ सोधिखोजी गर्दै आएको सर्मिलाले बताईन । रोमाको देवर पनि ट्याक्सी चलाउने भएकोले रोमाको होटलमा उनी मार्फत नै जाने आउने गरेर चिनजान भएको रोमाका देवरले बताएको सर्मिलाको भनाई छ ।
अहिले दुबै जना हराएकोले र रोमा को होटलमा श्रीमानको पनि आउजाउ रहेकोले उनिहरु सगै भागेको हुनसक्ने आफ्नो अनुमान रहेको सर्मिला बताउँछिन । अहिले सहकारी र समुहको करिव ५ लाख भन्दा धेरै ऋण भएको भन्दै श्रीमान त्यसरी हराएर आफुलाई ऋणमा डुबाएको सर्मिलाको भनाई छ ।
आफुले उक्त रकम तिर्न नसक्दा अहिले दिनहुँ जसो सहकारीबाट आफुलाई खबर आउने गरेको सर्मिलाको भनाई छ । आफ्नो कमाईले खान बस्न र छोराछोरी पढाउन नै नपुग्ने भन्दै आफुले ऋण तिर्न नसक्ने उनको भनाई छ ।(भिडियो हेर्नुस)