२०७९ असार १८
  • काठमाडौँ

दाङमा फेरि कांग्रेस नेताबीच कु’टाकु’ट

दाङ । दाङमा फेरि कांग्रेस नेताबीच कु’टा’कु’ट भएको छ । तरूण दल दाङका अध्यक्ष टीका घर्तीले काँग्रेस दाङका सचिव शंकर डाँगीलाई कु’टेका छन् ।

आज अपरान्ह तुलसीपुरको अञ्जु स्विट हाउसमा चिया पिइरहेका सचिव डाँगीलाई घर्तीले कु’टे’का हुन् । प्रत्यक्षदर्शी हरि बस्नेतका अनुसार डाँगीले चिया पिइरहेका बेला घर्ती त्यहाँ पुगेका थिए ।

बस्नेतले भने, ‘शंकरजीले के छ ? टीका आराम छौ, भन्दै हालखबर सोध्नुभयो । त्यसपछि मलाई चुनावमा हराउने तैँ हो भन्दै कुर्सी उठाउनु भयो अनि झमाझम मुक्का बर्साउनु भयो ।’

घर्ती दाङ क्षेत्र नम्बर ३ (ख) को सभापतिका लागि लडेका थिए । उनी खिमबहादुर वलीसँग पराजित भएका थिए । घर्ती गृहमन्त्री बालकृष्ण खाँड नि’क’ट हुन् भने सभापतिमा विजयी वली केन्द्रीय सदस्य दिपक गिरी नि’क’ट हुन् ।

घर्तीले कु’ट’पि’ट गरिरहेका बेला पुगेका कांग्रेस तुलसीपुरका नगर सभापति सुरेस हमालले घर्तीलाई रोकेका थिए । काँग्रेसका नेताबीच झ’ड’प भएको खवर पाएसँगै इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याललको टोली घ’ट’ना’स्थ’ल पुगेको थियो ।

डीएसपी अर्यालले भने, ‘झ’ग’डा भएको खवर पाएपछि म त्यहाँ पुगेको थिँए । उहाँहरूले हाम्रो पार्टीको आन्तरिक ल’फ’डा हामी आफैं मिलाउछौँ भन्नुभयो अनि म फर्केर आएँ ।’

डाँगी र घर्तीले आफूहरूबीच सामान्य चुनावी ल’फ’डा भएको प्रतिक्रिया दिएका छन् । डाँगी नि’क’ट एक काँग्रेस कार्यकर्ता अनुसार घर्तीले आफूलाई कु’ट’पि’ट गरेको पार्टीको केन्द्रीय सदस्य दिपक गिरीलाई उनले रिपोर्टिङ गरेका छन् ।नेपाल समाचार बाट

२०७८ मंसिर ६, सोमबार २२:५३ 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।