२०७९ असार २०
  • काठमाडौँ

भाग्यले साथ दिँदा सोलुखुम्बुमा २१ वर्षीया पूजा कांग्रेस महाधिवेशन प्रतिनिधि

साेलुखुम्बु – सोलुखुम्बुमा नेपाली कांग्रेसकाे केन्द्रीय महाधिवेशनका लागि २१ वर्षीया पूजा फुयाँल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ ।

आज आइतवार गोलाप्रथामार्फत सोलुखुम्बुको नेचासल्यानकी २१ वर्षीया फुयाँल महाधिवेशन प्रतिनिधि छनाेट हुनुभएको हो । 

महिला (खस/आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३/४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँल विजयी भन्नुभएको हो ।

नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।   
फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्यसमेत हुनुहुन्छ ।

२०७८ मंसिर ६, सोमबार १७:३६ 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।