२०७९ असार १५
  • काठमाडौँ

२१ वर्षीय खड्का बने माओवादी वडाध्यक्ष

६ मंसिर, काठमाडौं । २१ वर्षीय प्रवेश खड्का नेकपा (माओवादी केन्द्र)को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को अध्यक्ष बनेका हुन् । सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष छर्दै वडाध्यक्ष चयन भएका थिए ।

माओवादी केन्द्रले ४ मंसिरमा देशभर एक साथ वडा अधिवेशन सम्पन्न गरेको थियो । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ । अन्लाईन खबर बाट

२०७८ मंसिर ६, सोमबार ०९:३५ 0 Minutes 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार