२०७९ असार १८
  • काठमाडौँ

भूपेन्द्र बडुवाल हत्या प्रकरण : इन्स्पेक्टरका भाइ इटहरीबाट समातिए

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्यामा संलग्न रहेको आरोप लागेका मदन शाही पक्राउ परेका छन् ।

मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरेकाे बताएकाे छ । उनलाई केहीबेरमा सार्वजनिक गरिने जनाएको छ ।

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरामा भूपेन्द्रको हत्या गरेका थिए । भूपेन्द्रको हत्यको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन ।

केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । न्युज 24 बाट

२०७८ मंसिर ६, सोमबार ०७:५७ 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।