२०७९ भाद्र १
  • काठमाडौँ

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले गर्ने भयो सहयोग

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले गर्ने भयो सहयोग

चितवन, मंसिर ५ । अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ ।आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो ।

बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्शमा पुग्ने तर अलपत्र हुन नदिने उहाँको भनाई छ ।सरकारले स्वामित्व लिने नलिने भन्नेवारे आफू एक्लैले भन्न नसक्ने तर निर्माण हुँदा बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माको भनाई थियो ।

टिकटकमा जात्रै गरेर सबैलाई हसाउने पुरु सिग्देलको आमाछोरा मिडियामा । यस्तो गरेपछि भान्छाबाटै भाईरल भए, अन्तर्वार्तामै आमाले चड्काईन् (भिडियो हेर्नुस)

टिकटकमा निकै नै भाईरल आमा छोरा हुन्, पुरु सिग्देल र बिद्या सिग्देल । भान्छामा बिभिन्न रमाईला भिडियोहरु बनाएर चर्चित बनाएका यि आमा छोराको भिडियोले धेरैलाई हसाउने गर्दछ ।

बिशेष त आमाले छोरालाई थप्पड हानेपछि हरेक भिडियो बेग्लै मजेदार बन्ने हेर्नेहरुको कमेन्ट हुन्छ । यसैबिच टिकटकबाट उठेर पुरु भने बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्न थाले । आफ्नो १२ औं भिडियोमा भने पुरुले आमालाई पनि अभिनय गराएका छन् ।

ताला चाबीको बोलको गीतमा आमा र पुरुको टिकटकको जस्तै रमाईला दृश्यहरु समेटिएको छ । प्रताप दास र एन्जिलाको आवाज रहेको गतिमा महिला मोडल समारिका ढकालको अभिनय रहेको छ ।

गीतको प्रोमोशनको लागि शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा प्रस्तुत हुँदै आमा छोरा पुरु र बिद्याले बिभिन्न रमाईला कुराहरु शेयर गरे । जापान पढ्न गएका पुरु नेपाल आएर आमालाई पनि अिभनय सिकाउँदै टिकटक बनाउन थाले र उनीहरु चर्चित बने ।

आमालाई अहिले बाटोमा हिड्दा पनि धेरैले चिन्ने र टिकटक बनाउने फोटो खिच्ने गर्दछन् । यता पुरु आमा र छोराको जोडी हिट हुँदा दँग छन् । आफ्नै युटुब च्यानलबाट गीत प्रस्तुत गरेका पुरुले युटुबका लागि प्रयाँक भिडियोहरु बनाउँदाको रमाईलो अनुभव पनि साटे । पुरुले अन्तर्वार्तामै आमाको झापड भेटे । भिडियो हेर्नुस

२०७८ मंसिर ५, आईतवार २२:२५ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।