२०७९ भाद्र १
  • काठमाडौँ

अमेरिकाको सडकमा पैसाको बर्षा, सडकमा झरेको पैसा टिप्नेको भिडले सडक जाम (भिडियो सहित)

अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्।

यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो। प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो।

प्रहरीले केहीलाई गि’रफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ। एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ।

“जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झ’रिरहेको थियो,” राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने।

“सडकभरि नोटहरू उडिरहेका थिए।” डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ।

“मैले देखेको सबैभन्दा अजबको दृश्य थियो,” उनले भिडिओमा भनेकी छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको थियो। राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ। भिडियो

ताजाखबर बाट

२०७८ मंसिर ५, आईतवार १२:५५ 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।