२०७९ असार १८
  • काठमाडौँ

१८ वर्षकी उषाको नेपालभरी चर्चा, ठूल ठूला नेताले दिँदै छन् बधाई

काठमाडौ । पछिल्लो समय युवा पुस्ता कि सामाजिक सञ्जालमा समय बिताउन ब्यस्त छन् भने कोही विदेशी भूमिमा पसिना बगाउँदै ।

युवा पुस्ता राजनीतिक देखि बेखबर छन् । तर बागलुङ, काठेखोला गाउँपालिका बिहुँकी उषा सापकोटा लाई भने नेपालका ठूला राजनीतिक दलका नेताले बधाई दिइरहेका छन् ।

१८ वर्षकै उमेरमा उनले आफ्नो छुट्टै पहिचान बनाइन् । अन्य युवाले रोज्ने भन्दा फरक बाटो अपनाइन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बिहानै सामाजिक सञ्जालमा लेखे,‘१० प्रतिशत केन्द्रीय सदस्य र प्रदेश

कार्यसमिति सदस्यको अवधारणा यिनै उदाउँदा अनुहारको लागि। १८ वर्ष पुग्दा नै प्रदेश अधिवेशन प्रतिनिधि चुनिएकी उषालाई हार्दिक बधाई ’ उनले दिएको यो बधाईमा अन्य नेताहरु पनि थपिएका छन् ।

भर्खरै कानुनमा १२ कक्षा उत्तीर्ण गरेकी उषा शनिबार भएको कांग्रेस क्षेत्रीय अधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश प्रतिनिधि चुनिएकी छन् । प्रदेश प्रतिनिधिका लागि खसआर्य कोटामा प्रतिस्पर्धा गरेकी उषा २८६ मत सहित विजयी भएकी हुन् । ‘पहिले राजनीतिक परिवर्तन, अहिले राजनीतिमा परिवर्तन’ नारासहित उनी नाति पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिएकी हुन्।

उनी पढेर विदेशी भूमिमा जानु भन्दा आफ्नै भूमिलाई युवाहरुका लागि उर्वर बनाउन चाहन्छिन् । ‘विदेश जाने सपना देख्नु भन्दा नेपाललाई नै स्वर्ग बनाउने अभियान थाल्न उनले आफु जस्ता युवालाई सुझाव दिएकी छन् । त्यसको नेतृत्वका लागि आफु राजनीतिमा आएको पनि उनले बताएकी छन् । एलएलबीको तयारी गर्दै गरेकी उषाले पढाइसंगै राजनीतिकलाई पनि संगसंगै लैजाने बताउँछिन् । खबरहाउस बाट

२०७८ मंसिर ५, आईतवार ०७:४६ 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।