२०७९ असार १४
  • काठमाडौँ

अमेरिकालाई उछिन्दै चीन संसारको सबैभन्दा धनी देश बन्यो

काठमाडौं। विश्वको महाशक्ति मानिने अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा धनी देश बनेको छ। विश्वका सबै देशहरुको आर्थिक सन्तुलन परीक्षणको निरन्तर निगरानी गर्ने व्यवस्थापन कन्सल्टेन्ट म्याकेन्जी एण्ड कम्पनीको

रिसर्च शाखाको रिपोर्टलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार पछिल्लो २ दशकमा विश्वभरीको सम्पत्ति ३ गुणा बढेको छ । यी सम्पत्तिको चीनको हिस्सेदारी एक तिहाइ अर्थात ३३ प्रतिशत छ ।

रिपोर्टका अनुसार सन् २००० मा विश्वको कूल सम्पत्ति १५६ खर्ब डलर थियो जुन २ दशकपछि अर्थात सन् २०२० पछि बढेर ५१४ खर्ब डलर भएको छ। रिपोर्टका अनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ खर्ब डलर थियो । यो २०२० सम्म तीब्र रुपमा बढेर १२० खर्ब डलर पुगेको छ।

अमेरिकाको सम्पत्ति विगत २ दशकमा बढेर २ गुणा भएको छ । सन् २०२० मा अमेरिकाको सम्पत्ति बढेर ९० खर्ब डलर भएको छ । रिपोर्टका अनुसार अमेरिकाको सम्पत्तिको मूल्यमा धेरै वृद्धि नभएका कारण अमेरिकाको सम्पत्ति चीन को तुलनामा कम रह्यो र अमेरिकाले आफ्नो पहिलो स्थान गुमायो ।

रिपोर्टका अनुसार चीन र अमेरिकाको धनको ठूलो हिस्सा केही धनी व्यक्तिहरुमा मात्रै सीमित छ । रि’पोर्टका अनुसार यी दुवै देशमा १० प्रतिशत जनतासँग सबैभन्दा धेरै धन छ । रिपोर्टका अनुसार यी देशहरुमा धनीहरुको संख्या तीब्र रुपमा बढिरहेको छ !

जसका कारण धनी र गरिब देशहरुबीच ठूलो अन्तर देखिन थालेको छ । विश्वभरीको कूल सम्पत्तिको ६८ प्रतिशत अचल सम्पत्तिको रुपमा छ । बाँकी सम्पत्तिमा आधारभूत संरचना, मेसिन र उपकरणहरु पनि छन् ।

२०७८ मंसिर ४, शनिबार ११:०२ 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार