२०७९ असार १४
  • काठमाडौँ

१८ बर्षीया रक्षा प्रदेश प्रतिनिधिमा निर्वाचित

काठमाडौं: नोपली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६ (ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर १२की १८वर्षिया रक्षा यादव निर्वाचित भएकी छिन्। उनी मधेसी महिला कोटाबाट निर्वि रोध निर्वाचित भएकी हुन्।

शुक्रबार जिल्ला पार्टी कार्यालय मोरङ स्थिति मदतान केन्द्रमा मोरङ क्षेत्रनम्बर ६ (ख)को मधेसी महिला कोटामा यादवको मात्रै उमेद्वारी परेपछि उनि निर्विरोध निर्वाचित भएको निर्वाचन क्षेनम्बर ६ (ख)को निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश प्रतिनिधिमा निर्वा चित यादवले युवाहरूको प्रतिनिधित्व गर्दै युवाहरूका लागि काम गर्ने इच्छा रहेको बताइन्।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारू, मु’स्लिम, पिछडिएको क्षेत्रबाट ६ जना, प्रदेश सभा क्षेत्रको जनसंख्या अनुसार तोकिए बमोजिम समानुपातिक आधारमा गरी कुल १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ।

यो पनि पढनुहोस काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दि’वंगत छोरा प्रकाश दाहालप्रति श्रदाञ्जली अर्पण गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित श्रदाञ्जली सभामा उनले दिवंगत छोराको तस्बिरमा मा’ल्यार्पण गर्दै श्र,दाञ्जली अर्पण गरेका हुन्।

माल्यार्पण गर्ने क्रममा उनी भावुक बनेका थिए। प्रचण्डसँगै छोरी गंगा दाहाल र अन्य नेता कार्यकर्ताहरुले पनि श्रदाञ्जली अर्पण गरेका थिए।युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते नि’धन भएको थियो।

माओवादीले आज छ हजार ७४३ वडामा सम्मेलन गर्दै : नेकपा (माओवादी केन्द्र) ले आज देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो।

माओवादीले यस सम्मेलनले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि वडा सम्मेलन गर्ने भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्व सहमतिमा गर्न सबै वडालाई आग्रह गरेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोही अनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकता बद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनता प्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।” स्रोत खबरहाउस

२०७८ मंसिर ४, शनिबार ०४:४४ 0 Minutes 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार