२०७९ असार १४
  • काठमाडौँ

५८ मिनेट अमेरिकी राष्ट्रपति बनिन् कमला ह्यारिस, बन्यो नयाँ इतिहास

काठमाडौं । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिसले राष्ट्रपतीय अधिकार पाएकी छन् । उनले राष्ट्रपति जो बाइडन स्वास्थ्य जाँचका लागि जाँदा ५८ मिनेट राष्ट्रपतिय अधिकार पाएकी हुन् । यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी छन् ।

उनलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत राष्ट्रपतीको अधिकार प्रदान गरिएको बताइएको छ । उपराष्ट्रपति ह्यारिसले ह्वाइट हाउसको (वेस्ट विङ्स)बाट आफ्नो जिम्मेवारी सम्हालेकी थिइन् ।

राष्ट्रपति बाइडेनले ७९औं जन्मजिनको पूर्वसन्ध्यामा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको ह्वाइट हाउसले निकालेको बिज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति बाइडनको ७९औं जन्मजिनको पूर्वसन्ध्यामा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको हो। बाइडनका चिकित्सकहरुले एक वक्तव्य जारी गर्दै उनको अवस्था सामान्य रहेको र राष्ट्रपतिका रुपमा आफ्नो नियमित काम गर्न सक्षम रहेको बताएका छन् ।

बाइडन स्वास्थ्य परीक्षणमा रहँदा उपराष्ट्रपति ह्यारिसले आफ्नो कार्यालय (ह्वाइट हाउसको वेस्ट विङ्स)बाट आफ्नो जिम्मेवारी सम्हालिन्। उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो महिला हुन्।

२०७८ मंसिर ४, शनिबार ०४:३८ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार