२०७९ असार १४
  • काठमाडौँ

मासिक करिब ३८ लाख भन्दा बढी कमाउने यो साँढे, बिक्रि कतिमा भयो होला ?

एक साँढे भारतको बैङ्लुरुमा आयोजित चार दिने कृषि मेला-२०२१ को मुख्य आकर्षण बनेको छ । करिब १ करोड मूल्यको सो साँढे कृषि मेलाको मुख्य आकर्षण बनेको हो।

करिब ३ वर्ष ५ महिनाको कृष्णा नामक सो साँढे हेर्नेहरुको घुँइचो लागेको बताइएको छ। सो साँढे करिब १ करोड भारतीय रुपैयाँमा बिक्री भएको र साँढेको वीर्यको माग अत्याधिक रहेको साँढे मालिकले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्।

हल्लिकर जातको सो साँढे निकै दुर्लभ भएको बताइएको छ। एएनआई न्युजका अनुसार सो साँढेले मासिक २४ लाख भारु मुल्य बराबरको वी’र्य दिने गरेको छ । एक डोज वी’र्य १ हजार भारुमा बिक्री भइरहेको साँढे मालिकले एएनआइसँग बताएका छन्।

यो हो संसारकै लामो सिङ भएको कीर्तिमानी साँढे (भिडियो सहित)

अमेरिकाको अलाबामामा रहेको टेक्सास लंगहर्न जातको साँढे विश्वमै सबैभन्दा लामा सिङ भएको साँढे हो । पोन्चो भिया नामक उक्त साँढेका सिङको कूल लम्बाई झण्डै साढे ३ मिटर अर्थात् १० फिट ७.४ इन्च रहेको छ।

यो साँढे सबैभन्दा लामा सिङ भएको जिवित साँढे मात्र होइन धर्तीमा अहिलेसम्मकै लामा सिङ भएको साँढे हो। अलबामाको सानो सहर गुडवाटरमा जेरल पोपको परिवारले उक्त साँढे पाल्दै आएको छ। पोन्चोलाई सन् २०१९ को मे ८ मा गिनिज बुकले आधिकारिकता प्रदान गरेको हो ।

स्मरण रहोस् त्यसअघि अमेरिकाकै टेक्सासमा रहेको सातो नामक साँढे विश्वको सबैभन्दा लामो सिङ भएको साँढेको रुपमा गिनिज बुकमा दर्ज थियो । सातोका सिङको कूल लम्बाई १० फिट ६.३ इन्च रहेको छ ।

२०७८ मंसिर ४, शनिबार ०४:२८ 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार