२०७९ असार १८
  • काठमाडौँ

सायद भोली मेरो लास आउँछ भन्दै फोन गरेका बलबहादुर कुबेतमा ला’पत्ता !

सितल बस्याल, अक’स्मात फोन आउँछ, अब म नेपाल फर्किन पाउँदिन होला, सायद भोली मेरो लास आउँछ, मलाइ एकदम डर लागीरहेको छ भन्दै फोनमा भ’क्कानिएका बल बहादुर बिक फोन गरेको दिन देखी ला’पत्ता भए ।

२०६० सालमा छिमेकी आफन्त दिदीको सहयोगमा इन्डिया हुँदै कुबेत छिरेका बलबहादुर २०६५ साल सम्म घर परिवारको सम्पर्कमै थिए । तर अक’स्मात आफ्नै जेठानलाई फोन गरेर अब म नेपाल फर्किन पाउँदिन होला,

सायद भोली मेरो लास आउँछ, मलाइ एकदम डर लागीरहेको छ, भन्दै भक्कानिदै छोरा छोरी साना छन् राम्रो संग हेरीदिनुहोला भन्दै बिदेसमै बे’पत्ता भए। आज भन्दा करिब १९ बर्ष अघि घर परिवारको साथमा रमाएर खेती किसानी गरेर बसेका बल बहादुरलाई

गाउँकै दिदी पर्नेले बिदेस गए छोरा छोरीको भबिस्य बन्ला भाइ राम्रो कमाइ हुन्छ जाउ भनेर कुरा राखेपछी बल बहादुरलाई धन कमाउने र छोरा छोरीको सपना पुरा गर्ने अठोट लिएर दिदीकै सल्लाहामा दिदी संगै इन्डिया पुग्छन्।

इन्डिया बाट कुबेत पुगेपछि घरमा सम्पर्क पनि भइरहन्छ। आफुँ जाँदा लागेको ऋण तिरेर छिमेकीको खर खाँचो समेत टार्न भ्याएका बल बहादुर २०६५ साल देखी सम्पर्क बिहीन भएपछी साना छोरा, छोरी अनी भर्खरकी जीवन संगीनी गाउँमा अ’ल’प’त्र हुन्छन्।

आफ्नो श्रीमानले फोनमा भक्कानीदै मर्छु अब नेपालमा मेरो लास आउँ सक्छ भनेको खबर पाएकी श्रीमती संग आफ्नो श्रीमान खोज्ने कुनै उपाय हुँदैन काखमा साना लाला बाला छन्। न कतै सहयोग गर्न सक्ने आफन्त न खोजि गर्न हिड्ने खर्च छ, रुँदै त्यही पानी श्रीमान आउने झिनो आसमा उनकै प्रतिक्षामा बस्छिन्।

अहिले श्रीमान हराएको पनी १८ बर्ष भयो श्रीमानको अत्तोपत्तो छैन। न चिठी न खबर न श्रीमान साथमा नै छन्, छोरा छोरी पनी ठुला भैसके बिहे बारी भएर नाती नातिना पनी जन्मी सके तर बलबहादुर घर फर्केनन्।

करीब १८ बर्ष पहिले म्याग्दी जिल्ला कुइने मंगलेका बलबहादुर बिक कुवेतमै लापत्ता भएपछी उनकी जेठी छोरीले आफ्नो बाबा खोजीदिन भन्दै हामी संग गरेको कुराकानीको तल भिडियोमा छ। यो खबर इताजा खबरमा प्रकाशित छ।

२०७८ मंसिर ३, शुक्रबार ०८:०८ 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।