२०७९ असार १५
  • काठमाडौँ

गायिका प्रविशा अधिकारीले गरिन् इन्गेजमेन्ट, मंसिर ५ गते बिहे

काठमाडौं । गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छन् । गायिका अधिकारीले बिहीबर आफ्ना प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट (टिकाटालो) गरेकी हुन् ।

इन्गेजमेन्टकै लागि गायिका अधिकारी केही दिन अगाडि मात्रै झापा पुगेकी थिइन् । त्यस्तै निर्माण झापा चारापानेका भएता पनि लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।

प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । गायिका प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएको बताइएको छ । बिहेकै लागि निर्माण पनि केही समय अगाडि मात्रे नेपाल आएका हुन् ।

यो पनि गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृ\त्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का ६४ वर्षीय पुरुष र मुस्ताङको थासाङ गाउँपालिका–२ का ९१ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र, गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०७ पुगेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार प्रदेशमा २७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने १८ जना सङ्क्रमित थपिएका छन् ।

थपिनेमा कास्कीका आठ, तनहुँ र लमजुङका तीन÷तीन, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का दुई, मनाङ र मुस्ताङका एक÷एक जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमित २८१ र होम आइसोलेसनमा २३७ जना रहेका छन् ।

२०७८ मंसिर ३, शुक्रबार ००:१२ 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार