२०७९ असार १८
  • काठमाडौँ

आमा बन्न नसकेकी ४६ वर्षीया प्रीति जिन्टाले दिईन जुम्ल्याहा बच्चालाई जन्म, प्रशंसकहरु चकित र हर्षित

बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन्। बिहिबार उनी र उनका श्रीमान जिन गुडइनफले प्रशंसकलाई इन्स्टाग्राम पोस्टमार्फत् आफ्ना जु,म्ल्याहा बच्चा जन्मेको सर्प्राइज घोषणा गरेका हुन्।

इन्स्टाग्राममा प्रीतिले श्रीमान जीनका साथमा खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘नमस्ते सबैलाई, म आज तपाईंहरु सबैसँग हाम्रो खुसीको समाचार सुनाउन चाहन्छु। जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं। हामी जीवनको नयाँ चरणबारे उत्साहित छौं।’

प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन्। अभिनेत्रीले आफ्नो पोस्टमा सरोगेट र डाक्टहरुलाई पनि धन्यवाद व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भइदिएकोमा डाक्टर, नर्स र हाम्रो सरोगेटलाई हार्दिक धन्यवाद– प्रीति, जीन, जय र जिया।’

प्रीति जिन्टा र जीन गुडइनफले सन् २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए। विवाहपछि उनीहरु अमेरिकाको लस एन्जलसमा बसाइँ सरेका थिए। उनीहरुको जु,म्ल्याहाबारे घोषणासँगै प्रशंसकहरु चकित र हर्षित भएका छन्।

कानुनी रूपमा बाँ’धिएको एउटा समझौता– जहाँ एक महिला (कोख भाडामा दिने आमा) र अन्य व्यक्तिबीच भएको सम्झौताअनुरूप बच्चा जन्माउन राजी हुन्छन्, बच्चाको जन्म भइसकेपछि उक्त बच्चाप्रतिको उनको दायित्व समाप्त हुन्छ।

विभिन्न कारणले मानिसहरूले यो तरिकाको प्रयोग गरेर बच्चा जन्माउने गर्छन्। कसैको पाठेघरमा वा अन्य शारीरिक कारणले बच्चा जन्माउन नसक्ने अवस्था, अथवा एक पुरुष जोडीले वा महिला जोडीले बच्चा जन्माउने चाहना राख्दा वा यस्तै कुनै अवस्थामा मानिसहरूले सरोगेसीको मद्दत लिन्छन् वा व्यवस्था खोज्छन्। सरोगेसी विभिन्न प्रजनन प्रविधिहरूद्वारा सम्पन्न गरिन्छ।

कोही शुल्क लिएर वा नलिएर पनि सरोगेसीबाट बच्चा जन्माउन तयार हुन्छन्। भाडामा कोख दिनु पनि एउटा व्यापार नै मान्नुपर्छ। संसारभरि यससम्बन्धी नियममा फरकपन पाइन्छ। यो प्रक्रियाबाट बच्चाको जन्म दिनु कतिपय देशमा कानुनसम्मत छ भने कतिपय देशमा यो गैरकानुनी छ। नेपालमा यो गै’र का’नु’नी हो।

२०७८ मंसिर २, बिहीबार १२:५० 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।